बेलायतमा ३१ अक्टोबरमा बलिहाङ तङ्नाम कार्यक्रम, तीन कलाकारले धमाका मच्चाउने

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर रश्मोर शाखाले यही ३१ अक्टोबरमा बलिहाङ तङ्नाम तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।

क्याम्बर्ली मिचेटस्थित तमु धीं यूकेको भवनमा चर्चित कलाकारको साथमा सांस्कृतिक प्रस्तुतिसहित बलिहाङ तङ्नाम तथा भेटघाट कार्यक्रम हुने किरात याक्थुङ चुम्लुङ यूके रसमोर शाखाका अध्यक्ष थानकुमान नाल्बो लिम्बुले जानकारी दिए । भएको हो । कार्यक्रम दिउँसो २ देखि राति ११ बजेसम्म हुनेछ ।

कार्यक्रममा गायिका दिपा सुहाङ, गायक लक्ष्मण लिम्बू र नृत्य कलाकार अस्मिता राना मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूका लागि खानपिनको व्यवस्थासमेत गरिएको छ ।

कार्यक्रमको टिकट शुल्क अन्य सहभागीका लागि २५ पाउन्ड, ६ देखि १२ वर्षका बालबालिकाका लागि २० पाउन्ड तोकिएको छ । ६ वर्षमुनिका बालबालिका र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

‘सांस्कृतिक एकता हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमले समुदायबीच सांस्कृतिक सम्बन्ध र एकता थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!