भैरहवामा राष्ट्रिय जनमुक्ति पार्टीको १२औँ राष्ट्रिय भेला सुरु

SHARE:

भैरहवा । राष्ट्रिय जनमुक्ति पार्टीको १२औँ राष्ट्रिय भेला आजदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको छ। पार्टी अध्यक्ष केशव सूर्यवंशी मगरको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको छ।

असोज २५, २६ र २७ गते गरी तीन दिनसम्म सञ्चालन हुने भेलामा युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थिति देखिएको आयोजकले जनाएको छ। विभिन्न उमेर समूहका सहभागीले भेलालाई उत्साहपूर्ण बनाएका छन्।

भेलाको उद्घाटन पार्टी अध्यक्ष मगरले गरेका थिए भने गीता सारु मगरले कार्यक्रम सञ्चालन गरिन्। पार्टीका महासचिव तथा भेला तयारी समितिका संयोजक टोप अस्लामी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा समापन गरिएको थियो।

कार्यक्रममा पार्टी उपाध्यक्ष डकेन्द्रसिं थेगिम, राष्ट्रिय महिला मोर्चा अध्यक्ष तथा उपाध्यक्ष होमाया गुरूङ, उपाध्यक्ष तथा पूर्व गोर्खा सैनिक संगठनका अध्यक्ष क्याप्टेन भिमबहादुर राना, सचिव तथा राष्ट्रिय मुस्लिम परिषद्का महासचिव मोजिव अली, सचिव गीता सारु, उपमहासचिव तथा प्रवक्ता चेतबहादुर आले, लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङ, कोशी प्रदेश इन्चार्ज गजेन्द्र आङ्बुहाङ, सुदूरपश्चिम इन्चार्ज तिलक शाही, राष्ट्रिय थारू मञ्चका संयोजक रेखा प्रसाद चौधरी र जनमुक्ति युवा संघका केन्द्रीय संयोजक शंकर गाहालगायतले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए।

भेलामा पार्टीको संगठनात्मक सुदृढीकरण, राजनीतिक कार्यदिशा, भावी रणनीति तथा संगठन विस्तारका विषयमा छलफल हुने बताइएको छ। भेलाले पार्टीका आगामी राजनीतिक गतिविधि र संगठनात्मक योजनालाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

पार्टीभित्र आपसी समन्वय, सहकार्य र राजनीतिक प्रतिबद्धता थप मजबुत हुने विश्वास कार्यकर्ताले व्यक्त गरेका छन्। तीन दिनसम्म चल्ने भेलामा प्रस्तुत विषय, छलफल तथा निर्णयले पार्टीको आगामी गतिविधिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!