उत्तरी फिलिपिन्समा गएको भूकम्पमा ८ को मृत्यु, ६० भन्दा बढी घाइते

SHARE:

उत्तरी फिलिपिन्सको लुजोन क्षेत्रमा एक घण्टाको फरकमा शनिबार दुई वटा भूकम्प जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यस्तै ६० भन्दाबढी घाइते हुनुका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बटनेस प्रोभिन्सीयल डिजास्टर–रेस्पोन्स आफिसका प्रमुख रोल्डन इस्डिकलले भूकम्पबाट ढुङ्गा र माटोबाट बनेका घरहरु भत्किएका छन् । ‘हाम्रो ‘बेड’ र सबैवस्तु पिङजस्तै यतायता हल्लिरहेका थिए,’ प्रान्तीय राजधानी बास्को सहरबाट इस्डिकलले एपीलाई टेलिफोनमा भनेका छन्, ‘हामी सबै सुरक्षित स्थानमा सरेका छौं ।’

भूकम्पले शक्तिशाली धक्का दिएको इटबयट टापुमा एक हजारभन्दा बढी बसोबास गर्ने मानिसमध्ये अधिकांश माछा मार्ने पेशामा संलग्न छन् । उनले भने, ‘परकम्प आउन सक्ने भएकाले हामीले उनीहरुलाई घर नफर्कन र सुरक्षित स्थानमै बस्न सुझाव दिएका छौं ।’ फिलिपिन्सको भूकम्प विज्ञान संस्थाका अनुसार ५.४ र ५.९ रिक्टर स्केलको भूकम्प मापन गरिएको थियो । शानिबारपछि भूकम्पको तेस्रो धक्का ५.७ म्याग्निच्युडको थियो । इस्डिकलले आफू प्रान्तीय गर्भरसँग अफिसमै रहेका पहिलो धक्काको ३ घण्टापछि अर्को शक्तिशाली धक्का आएको बताए । उनले भने, ‘त्यो धक्का शक्तिशाली भएकाले हामी स्थिर रह्यौं, किनकी हामी उभिन र हिड्न सकिरहेका थिएनौं ।’

उनले भने, ‘शुरुको धक्काले १९ औं शताब्दीमा चुनढुङ्गाबाट बनेको चर्चित सान्टा मरिया दि मयान चर्च चर्किएको थियो । जुन यहाँ आउने पर्यटकका लागि चर्चित आकर्षक गन्तव्य थियो ।’ इटबयट अस्पातालमा क्षति पुगेपनि सञ्चालनमा छ । बटाने प्रान्तको सहयोग र पीडितको उद्धारका लागि एक एयर फोर्स हेलिकप्टर र एउटा हवाइ जहाज ल्याइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!