मुम्बई डुब्यो

SHARE:

नयाँदिल्ली । लगातारको वर्षाका कारण भारतीय सहर मुम्बईका कतिपय स्थान जलमग्न भएका छन् । विगत २४ घण्टामा भएको भीषण वर्षाले स्थिति असामान्य बनेको अधिकारीहरुले जनाएका छन् ।

लगातारको वर्षापछि नदीहरूको जलस्तर बढा मुम्बई आसपासका बदलापुर, उल्हासनगर, वांगणी क्षेत्रका अधिकांश भाग डुबेका छन् । त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेल सेवामात्र अवरुद्ध भएको छैन दर्जनौं उडानहरु पनि स्थगित गरिएको छ । भारतीय जलवायु अधिकारीहरूले आइतबारदेखि करिब २४ घण्टा ठूलो वर्षा हुने अनुमान गरेका छन् ।
मुम्बई छेउको वांगणीमा अत्यधिक वर्षापछिको बाढीमा फसेको रेलमा सवार हजारभन्दा बढी यात्रुको सकुशल उद्धार गरिएको छ । शुक्रबार रातिदेखि बाढीमा फसेको ट्रेनमा रहेका यात्रुलाई विभिन्न सुरक्षा निकायहरूको समन्वयमा करिब १५ घन्टापछि उद्धार गरिएको हो । उद्धारमा नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ), आरपीएफ, जलसेना तथा वायुसेनाका दस्ता खटिएका थिए । यात्रुहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान दर्जनौं डुंगा र दुईटा हेलिकप्टरको प्रयोग गरिएको थियो । एनडिआरएफको मात्र छ वटा टोली खटिएका थिए ।

वर्षाका कारण आएको बाढीले रेलको लिक डुब्दा मुम्बईको कल्याणबाट कोल्हापुरका लागि छुटेको महालक्ष्मी एक्सप्रेस मुम्बई छेउको थाने जिल्लाको बदलापुर र वांगणी स्टेशननजिक फसेको थियो । बाढीका कारण पानी ट्रेनभित्रै छिरेको थियो र त्यसको स्तर बढै गएको थियो ।

उद्धारमा समय लाग्दा यात्रुहरु १५ घन्टासम्म भोकैभोकै बस्न बाध्य भएका थिए । वरपर डुवान भएपछि रेल्वे प्रशासनले यात्रुहरूलाई रेलमै बस्न अनुरोध गरेको थियो । भारतीय सन्चामाध्यमका अनुसार स्थानीय प्रशासनले यात्रुहरुलाई उद्धारपछि नजिकैको अस्थायी क्याम्पमा पुर्‍याइएको छ । जहाँ उनीहरुको स्वास्थ्य जाँच र खानाको व्यवस्थाको गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!