पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरे

SHARE:

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

‘उनले किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको छ,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने। उनका अनुसार श्रेष्ठ किनमेल गर्न भनी गएका थिए। ‘सोही क्रममा उनी सेन्टरबाट हाम्फालेको देखिन्छ,’ एसएसपी सुवेदीले भने।

श्रेष्ठको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको उनले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!