काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेग (अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन् संसारकै हिरो हुने बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई खुमलटारमा सम्बोधन गर्दै उनले हेगमा लगेमा आफू झन् संसारभरकै हिरो हुने बताए ।

प्रचण्डले भने, ‘डिजाइन अन्तर्गत परिवर्तनविरोधी तत्व लागेको छ । मलाई हेग लगेमा केही फरक पर्दैन । झन् विश्वले एकै पटक चिन्छ । संसारभरको जनताले न्यायको पक्षमा र शान्तिको पक्षमा रहेछ भन्ने थाहा हुन्छ । त्यो त मेरा लागि गर्वको कुरा हुन्छ । मलाई यिनीहरुले लैजान्छन् र हिरो बनाउँछन् भन्ने लाग्दैन ।’ नेपालमा गणतन्त्र रहेसम्म आफूहरुलाई जहाँ लगे पनि कुनै फरक नपर्ने प्रचण्डको भनाइ छ । परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ कि भनी पश्चमागी तत्व लागिपरेको प्रचण्डको भनाइ छ।






