संसद्‌मा कांग्रेस र राजपाले गरे अवरोध

SHARE:

काठमाडौँ । सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले बेल घेराउ गर्न पुगेका थिए ।

बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गरे । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!