सैनिक परेडमा हुती विद्रोहीहरुको आक्रमण, ३२ जनाको मृत्यु

SHARE:

काठमाडौं । यमनको सैनिक परेडमा हुती विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । एक दर्जन घाइते भएका छन् । विद्रोही समूहले दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो ।

यसअघि अदन शहरमै एक प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जना मारिएका थिए । यद्यपि सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकअर्कासँग जोडिएको छ कि छैन भन्ने खुलेको छैन ।सरकार समर्थित सुरक्षा बलले आफूहरुमाथि आक्रमणको तयारीस्वरुप परेड खेलिरहेकाले आक्रमण गरेको हुती विद्रोहीले बताएका छन् । यद्यपि सरकारी अधिकारीका अनुसार त्यो परेड नयाँ भर्ती भएका सैनिकको ग्राजुयसन समारोह थियो ।

सैनिक परेडमा आक्रमणको दृष्य अत्यन्त भयानक थियो । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्-शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिक रोइरहेका थिए । जुन सैन्य शिविरमा आक्रमण भएको छ, त्यसलाई ‘सुरक्षा बेल्ट’ नामले चिनिन्छ ।

यमन लामो समयदेखि युद्धग्रस्त छ, खासगरी मार्च २०१५ देखि । मार्च २०१५ मा हुती विद्रोहीहरुले देशको पश्चिमतर्फको एक ठूलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!