भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

SHARE:

नयाँ दिल्ली । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन।

स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए।

उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै स्मरण गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!