हाजिर गर्दै पटक पटक किन टाप कस्छन् सांसद्हरु ?

SHARE:

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् । विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या पूरा नभएसम्म यो विधेयक पारित हुन नसक्ने भन्दै गणपुरक संख्या पत्ता लगाउन आग्रह गरेका थिए । सांसद तिमिल्सिनाको आग्रहपछि सभामुखले ३ मिनेट घण्टी बजाएका हुन् । सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, २०७६ को दफा १ देखि ५ सम्म निर्णयार्थ पारित गन आग्रह गर्नेबित्तिकै सांसद तिमिल्सिनाले सो माग गरेका थिए । ३ मिनेट घण्टी बजाउँदा संसदका कूल सदस्य २ सय ७५ मध्ये ४१ सांसद मात्र उपस्थित थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!