प्रधानमन्त्री नेपाल फर्कने समय लम्बिएको लम्बियै

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भने पनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाइ लम्बिएको हो । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!