चार जनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

SHARE:

काठमाडौँ । यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जनालाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा रेडियोतर्फ कौशल चेम्जोङ (उदयपुर), अनलाइनतर्फ राजबहादुर गुरुङ (कास्की), छापातर्फ गणेश राई र टेलिभिजनतर्फ शोभा श्रेष्ठ (काठमाडौं) छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र फोनिजका अध्यक्ष डण्ड गुरुङले सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औं वार्षिकोत्सवमा उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ छ ।

मन्त्री पुनले सरकारले आन्दोलनरत आदिवासी जनजातिको मुद्दालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै बहसका आधारमा अघि बढ्न जरुरी रहेको बताए । ‘आदिवासी जनजातिका एजेन्डा सम्बोधन गर्न बाँकी छन्’ वर्तमान संविधानलाई इतिहासको कसीमा राखेर यसलाई फेरि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘कहिले काहीँ संविधान परिमार्जन हुन्छ, कहिले आन्दोलन परिमार्जन हुन्छ । त्यसैले सबै अधिकारकर्मीहरुलाई भन्न चाहन्छु, हिजोको राज्यसत्त छैन । हामी नयाँ चरणमा पुगेका छौं । हाम्रा आन्दोलनका स्वरुपहरु परिवर्तन गर्दै बहस सहमतिमा जान जरुरी छ । संविधानअनुसार नयाँ कानुनहरु बन्दैछन् । त्यसबाट आदिवासीका मुद्दालाई सम्बोधन गर्न सकिन्छ ।’

फोनिजका अध्यक्ष गुरुङका अनुसार फोनिज आठ वटा संस्थागत सदस्य संस्था, ६० वटा शाखा र करिब तीन हजार जना साधारण सदस्य रहेका छन् । फोनिजको संघीय समिति, प्रदेश समिति र शाखाहरुले सोमबार देशैभर विविध कार्यक्रमसहित स्थापना दिवस मनाएका छन् । त्यस अवसरमा फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङलगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!