नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि अवरुद्ध सवारी आवागमनलाई डाइभर्सन गरिएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका थिए । साना सवारी साधन भने चलिरहेका छन् ।






