बच्चा बेचेको आरोपमा नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल पक्राउ

SHARE:


काठमाडौं । नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा बुधबार पक्राउ परेका छन् । उनीविरुद्ध बालमन्दिरमार्फत् विदेशी नागरिकलाई बालबालिका बिक्री गर्ने गरेको आरोप लगाइएको छ ।

१२ दिनको शिशु लिएर बाहिर जान खोज्ने बेलायती महिला डोना स्मिथ अध्यागमन विभागबाट साउन २२ गते पक्राउ परेपछि डंगोललगायतको धन्दाको पर्दाफास भएको हो । यही साउन ११ गते कान्ति बाल अस्पतालमा एक अविवाहिता महिलाले जन्माएको शिशु बिक्री गर्न बेलायती महिला स्मिथबाट ८ हजार पाउन्ड स्टर्लिङ डंगोलले माग गरेकामा ती महिलाले नेपाली चार लाख रुपैयाँ डंगोललाई दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यही साउन १२ गते नेपाल आएकी ती बेलायती महिलाले कान्ति बाल अस्पतालबाट शिशु लिएर बेलायती पासपोर्ट बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले हामीलाई जानकारी दिए । साथै, गर्भपतन गराउने केन्द्रहरु र डंगोलको समूहबीच साँठगाँठ रहेको र डंगोलको समूहले विदेशी ग्राहक खोज्ने तथा बाल संगठनबाट कागजपत्र बनाउने गरेको पाइएकोसमेत बोगटीले जानकारी दिए ।

उक्त शिशुसहित बेलायत जानेक्रममा अध्यागमन विभागमा शिशुको वर्ण नमिलेका कारण शंका लागी सोधपुछ गर्दा यो रहस्य खुलेको हो । डंगोलविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्यादसमेत थप गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!