वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

SHARE:

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए ।

उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट पुगेका थिए ।

यसअघि श्रद्धाञ्जलिका लागि कालिकास्थानमा रहेको उनको निवासमा उनको दीक्षितको शव राखिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!