एटा सम्वाददाता
अल्डरसट । युके नेपाल फेडेरेशन अफ बडी बिल्डीङ्ग एण्ड फिटनेसले छैटौं मिस्टर युके नेपाल बडी बिल्डीङ्ग च्याम्पीयनसीप प्रतियोगिताको आउँदो शनिबार हुने भएको छ ।
बडीबिल्डीङ्ग एण्ड फिटनेशका अध्यक्ष किशोर गुरुङका अनुसार आगामी १२ मे २०१८ का दिन फार्नबोरोमा आयोजना गर्न लागिएको सो प्रतियोगिताको तयारी पूरा भएको छ । पुरुष ओभरअल बडी बिल्डीङ्ग, विकनी फिटनेश, मेन्स फीजिक, मेन्स मास्टर्स ओभर फोट्टी गरी ४ क्याटगोरीमा प्रतियोगता गरिन लागिएको हो ।
प्रतियोगिताको पहिलो बिजेताको पुरस्कार १००० पाउन्ड, दोस्रोलाई ५०० पाउन्ड, तेस्रोलाई ३०० पाउन्ड र मास्टरतर्फको बिजेतालाई ३०० पाउन्ड राखिएको छ । पुरस्कारको क्रमशःमा माइकल उसर गोर्खा मोर्गेजज्ले प्रथम, एनआरएनए युकेले दोस्रो र साम्स क्लिनिङ्ग सर्भिसेस लिमिटेडले तेस्रो पुरस्कारको प्रायोजन गर्ने भएको छ । मास्टरतर्फको बिजेतालाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङले र उपबिजेतालाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले नगद पुरस्कारको प्रायोजन गर्ने जनाइएको छ । त्यस्तै, गोर्खा इन्क, गोर्खा ट्राभल्स, सिग्नीचर, क्रिस्मा एमके सैलुन, माया पप लन्डन, भेटघाट रेस्टुरेन्ट र धौलागिरि रेस्टुरेन्ट अल्डरसले प्रायोजन गर्ने भएको छ ।
सो प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक सानु गुरुङ नेपालबाट बेलायत आइसकेका छन् । त्यस्तै, सो कार्यक्रममा गतवर्षका च्याम्पीयन प्रणय गुरुङले गेस्ट पोजिङ्ग गर्नेछन् भने सुपर मोडल अनिता लिम्बुको नृत्य र सुधन गुरुङले गीत गाउनेछन् ।
सन् २०१३ बाट सञ्चालन गर्दै आएको र खेलाडीहरुलाई नेपाली समुदायमा च्याम्पीयन बनाई अन्तर्राष्ट्रिय खेलमा समेत पुर्याउने संस्थाको उद्देश्य रहेको अध्यक्ष गुरुङले जानकारी गराउँदै सो खेललाई सफल बनाइदिनहुन बेलायतमा रहेका नेपाली संघसंस्थाका अध्यक्ष तथा कार्यसमिति, बुद्धिजीवी र मिडियाकर्मीहरुलाई अनुरोध गरेका छन् ।






