काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुने बताए ।
यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।






