प्रधानमन्त्रीको स्वास्थ्यसँगै जोडिएको देश

SHARE:

अहिले देशले नयाँ रुप धारण गरेको छ । दुई तिहाईको सरकार बनेको पनि डेढ वर्ष भइसकेको छ । यो अवधिमा देशले नयाँ गति लिन थालेको स्पष्ट भएको छ । देशले अरु नयाँ प्राप्त नगरे पनि देशको राजनीतिक परिवर्तन, शासक र शासन भने पक्कै पनि नयाँ प्राप्त गरेकै छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली आएसँगै देशमा नयाँ सपनाको सञ्चार पनि भइरहेकै छ । त्यसले पक्कै पनि नयाँ आभास दिने अपेक्षा गर्न सकिने स्थिति छ ।

देशमा नयाँ राजनीतिक परिवर्तनसँगै देशको विकास, समृछि र सुखीका साथै खुशी हुने सपना यो सरकारको छ । यो सरकारले गरेको नयाँ अध्याय त खासै केही छैन । तर, राजनीतिक रुपमा देशले नयाँ केही गर्ने अपेक्षा गर्न सकिने स्थिति भने पक्कै छ । देशमा राजनीतिक परिवर्तन त धेरै भए । अपेक्षा जनताको जहीँको तहीँ छ । त्यसले पक्कै पनि नयाँ मोड लिने अपेक्षा जनतामा हुनु अस्वभाविक भएन ।

जनतालाई धेरै सपना बाँड्ने काम पनि भएकै छ । जनताले अपेक्षा गरेजस्तै सपनाका आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृत्वलाई जनताले करिब दुई तिहाई मत दिएका छन् । यो मतको कदर हुनुपर्ने हो तर अहिलेसम्म पनि जनअपेक्षा अनुसार काम नभएको भन्दै व्यापक जनगुनासो आइरकेको छ । यो गुनासोले गर्दा प्रतिपक्षीहरुलाई मसला पनि दरिलै मिलेको छ । यो सुनौलो अवसरलाई सरकारले आफ्नो पक्षमा पार्न नसकेको तर्क पनि सुनिएकै छ ।

जनमतका आधारमा सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अहिले स्वास्थ्य स्थितिमो केही समस्या छ । यो समस्याका कारण उनी बारम्बार उपचारका लागि सिंगापुर जानुपरिरहेको छ । स्वास्थ्यका कारण कतिपय गर्न सकिने काम गर्न सकेको छैन । यो स्थितिमा कतिपयले प्रधानमन्त्री ओलीप्रति नकारात्मक टिप्पणी समेत गरिरहेका छन् । यो टिप्पणीले पक्कै पनि देशलाई फाइदा पुगेको छैन । नकारात्मकताले पक्कै पनि कसैलाई राम्रो गर्न सक्दैन ।

प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी यही साता नेपाल फर्कदैछन् । उनको स्वास्थ्यसँगै देशको स्वास्थ्यसित जोडिएको छ । यो स्थितिमा प्रधानमन्त्री स्वस्थ हुनु पक्कै पनि नराम्रो कुरै होइन । उनको यो स्थितिमा सुधारले देशले समेत मुहार फेर्ने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि पक्कै पनि प्रधानमन्त्रीको स्वास्थ्य समस्यामा सुधार आउने अपेक्षा गर्न सकिन्छ । जसका कारण देशले नै नयाँ गति र उचाई लिने विश्वास गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!