बेलायतमा अनुग्रह फाउन्डेसनको पहलमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार संकलन [सूची]

SHARE:

लन्डन । व्यवसायी सुमन राई नेतृत्वको अनुग्रह फाउन्डेसनको पहलमा बेलायतमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार रुपैयाँ संकलन भएको छ ।

विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकालाई लक्षित गरी अनुग्रह फाउन्डेसनको पहलमा ७४७४ पाउन्ड ९० पेन्स (नेपाली रुपैयाँ १५,२५,०००) सङ्कलन भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका कोषाध्यक्ष सन्तोष राईका अनुसार नानीहरूका लागि आवश्यक लत्ताकपडा, नोटबुक, जुत्ता, चप्पललगायतका सामग्री लिएर नेपालस्थित टोलीका सदस्य तथा आमेन मिनिस्ट्रीजका संस्थापक मोहन खड्गी र बेलायतबाट ट्रस्टी आकाश सुनुवार सम्बन्धित स्थानमा पुगिकेका छन् ।

नेपालीहरुले मनदेखि सहयोग गरेको रकम सही ठाउँमा पुर्‍याउने उनले प्रतिबद्धता जनाएका छन् ।

नेपालमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ अनुग्रह फाउन्डेसन यूकेले सञ्चालन गरेको आर्थिक सहयोग सङ्कलन अभियान औपचारिक रूपमा बन्द भएको समाजसेवी तथा व्यवसायी सुमन राईले जानकारी दिए ।

फाउन्डेसनका कोषाध्यक्ष सन्तोष राईले जारी गरेको सन्देशमा अभियानमा आर्थिक सहयोग गर्ने, सहयोगको अपिल साझा गर्ने तथा नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले सानो वा ठूलो जुनसुकै सहयोगले पनि प्रभावित नागरिकको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन योगदान पुर्‍याएको उल्लेख गर्दै सहयोगदाताहरूको उदारताले विपद्मा परेकाहरूका लागि आशा जगाएको बताएका छन्।

यी हुन् सहयोगदाताहरुको नामावली
1. Akash Sunuwar — £101
2. Suman Rai — £500
3. Santosh Rai — £101
4. Milan Chams — £101
5. Abraham Shrestha — £101
6. Ps Dawa Tamang — £214
7. Muna Hair & Beauty Ltd. — £250
8. Gurkha Wedding Planner — £101
9. Sudarsan Ratna — £101
10. Anugraha Gold House — £101
11. Anugraha Watch LTD — £130
12. Anugraha Travels & Tours — £150
13. Anugraha Homes PVT — £250
14. Anugraha Bullion LTD — £125
15. First Anugraha Jewellers — £100
16. The Countess of Verulam, Lady Rosanagh — £1,000
17. Lydia Gurung — £100
18. Vaskar Sunuwar — £10
19. J. Tamang — £50
20. N Patel — £22
21. Siyon Jeweller — £100
22. Immanuel Nepali Church of the Netherlands — £541.30
23. Laxmi Gurung — £75
24. G Rana — £25
25. Shree Lucky J, P, V, T — £50
26. Sanvi Jewellers UK — £40
27. Anaya Karki — £50
28. Guru Ji Restaurant, Fleet — £1,000
29. Ultra Cyber Ltd. — £568.60 (including online donation)
30. Sapan Kumar Rai (Sapan Entertainment) — £101
31. Sirmaya Ghale — £20
32. Georgina Rai — £400
33. Pujan & Sonu Rai — £100
34. Kamal Gurung (Chaina Oriental Supermarket) — £31🙏
35. Santosh Rai (Cutting Edge) — £50
36. Jamuna Gurung — £100
37. Cllr Dhan Sarki — £50
38. Elizabeth Kirati (Korean Skincare, Aldershot) — £101
39. Dip Kumari Rai / Buddhiraj Sunuwar — £50
40. Biraj / Anu Rai — £51
41. PhurbaMary Tamang — £60
42. Eazy Space Pvt Ltd — £101
43. Man Rai. -£102

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!