दल दर्ताका लागि आयोगमा नेकपाको निवेदन

SHARE:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन् । दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।

विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!