गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ प्रहरीको नियन्त्रणमा

SHARE:

काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको छ । प्रहरीको गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो । तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो ।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!