खजुरा घटनाबारे संसद्‌मा गृहमन्त्रीको जवाफ, ‘सरकारले गम्भीररुपमा लिएको छ’

SHARE:


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरमा घटेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएका जिज्ञासाका सम्बन्धभा जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई यही भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको जानकारी दिए ।

गृहमन्त्री थापाले बाँके कांग्रेसले कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनलाई जानकारी नदिएको बताउँदै खजुरा घटनाका सम्बन्धमा थप अन्य अनुसन्धान एवं शान्ति सुव्यवस्था खलल हुन नदिन उच्च सतर्कता अपनाइएको छ भने । गृहमन्त्रीले खजुरा घटनालाई सरकारले हलुका रुपमा नलिएको र नेकपाले निर्णय गरेर कार्यक्रम बिथोल्न पनि कसैलाई नपठाएको जवाफ दिए । “लोकतन्त्रको रक्षा र अभिव्यक्तिको स्वतन्त्रतामाथि सरकार सदैव सजग रहेको छ”, उनले भने ।

बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा नेपाली कांग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेको बेला केही व्यक्ति भित्र प्रवेश गरी कार्यक्रम बिथोल्न खोज्दा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणबाट उनको देब्रे हात भाँचिएको थियो ।

बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति कोइरालाले प्रहरी समक्ष किटानी जाहेरी दिँदा सरकारले दोषीलाई कारवाही नगरेको तथा शान्ति सुव्यवस्थाप्रति सरकार चुकेको बताउँदै बाँके घटनाको सम्बन्धमा गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गरेका थिए । उनले कांग्रेसको राष्ट्रिय जागरण अभियान सुरु हुँदै गर्दा खजुरामा नेकपाका कार्यकर्ताहरु सभा भवनमा प्रवेश गरी सभापति कोइराला र कांग्रेसका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालमाथि साङ्घातिक आक्रमण गरेको आरोप लगाए ।

प्रमुख सचेतक खाँणको मन्तव्यपछि कांग्रेसका सांसदहरु गगनकुमार थापा, सरिता गिरी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल, अम्रेशकुमार सिंह, तेजुलाल चौधरी, प्रकाश स्नेही, डिला सङ्ग्रौला, पार्वता डिसी चौधरी, हीरा गुरुङ, सञ्जयकुमार गौतम र देवप्रसाद तिमल्सिनाले खजुरा घटनामा सरकार संवेदनशील हुन नसकेको बताउँदै घटनाको जिम्मा सरकारले नलिएसम्म सदन चल्न निदने भनाइ राखे । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आइतबारको बैठक १० मिनेटका लागि स्थगन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!