सरकार एक्सनमा जाने प्रधानमन्त्रीको चेतावनी

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार एक्सनमा जाने चेतावनी दिएका छन् । सिंहदरबारको पुतली बगैंचामा संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार चुप नबस्ने बताएका हुन् ।

‘केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ ।’

लोकतन्त्रमा शान्तिपूर्ण तबरले विरोध गर्नमा भने सरकारले रोक नलगाएको उनले प्रस्ट्याए । विरोधको तरिका सही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणालीमात्रै होइन, विरोध गर्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ ।’

नेत्रविक्रम चन्द समूहको गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्रीले अब मुलुकमा हिंसा जरुरी नभएको धारणा दोहोर्‍याए । ‘हिंसा जरुरी छैन, केका लागि ?’ उनको भनाइ थियो, ‘गणतन्त्र आइसक्यो, संविधान प्राप्त भइसक्यो ।’

हिंसालाई सरकारले नियन्त्रण गरिछाड्ने प्रधानमन्त्रीको दाबी छ । ‘हिंसालाई नियन्त्रण गर्न खोज्दा केही मान्छेहरु रोइकराइ गर्न खोजिरहेका छन् । यो आवश्यक छैन’ उनले भने, ‘देशलाई आतंकित बनाउन खोज्नेलाई सरकारले नियन्त्रण गर्छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्राथमिकतासाथ काम गरिरकेको प्रधानमन्त्री ओलीले बताए । ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकार लागिरहेको छ, भ्रष्टाचारीहरु धमाधम पक्राउ परिराखेका छन्’ उनले उल्लेख गरे । सरकारले सानातिना घूस लिने व्यक्तिलाई पक्राउ गर्ने र ठूला भ्रष्टाचारलाई कारबाही गर्न नसकेको आलोचना भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!