एटा सम्वाददाता
अल्डरसट । सहारा युके र एनआरएनए युके बीच ‘स्वास्थका लागि खेलकुद’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली समुदायमा फुटबलको बिकास गराउने उद्देश्यका साथ स्थापना भएको सहारा युके र एनआरएनए युकेबीच आउँदो आइतबार अल्डरसटस्थित कनट स्कुल परिसर भित्र खेल हुन लागेको हो ।
खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सहारा एफसीका चेयरमेन ले.रि. कुसाङ्ग गुरुङको संयोजकत्वमा आवश्यक तयारी भइसकेको सहारा युकेका अध्यक्ष मिन (साइँला) गुरुङले जानकारी दिए । उनले दुई संस्थाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र नेपाली समुदाय बेलायतमा फुटबलको बिकासमा सो मैत्रीपूर्ण खेलले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।
उनले सहारा युकेले सहारा एकेडेमी पोखरामा रहेका २८ जना अनाथ बालबालिकालाई सहयोग गरिरहेको बताउँदै उक्त खेलबाट बचत भएको रकम एकेडेमीलाई सहयोग गरिने जनाए । त्यस्तै, उनले सो बालबालिकाहरुलाई सहयोग गर्न चाहने व्यक्ति वा संघसंस्थाहरुले सहारा युकेलाई सम्पर्क गर्न समेत अनुरोध गरे । नेपाली समुदाय बेलायतमा निकै चासोका साथ हेरिएको सो मैत्रीपूर्ण खेल हेर्न इच्छुक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थित भइ खेललाई हौसला प्रदान गर्न आयोजक सहारा युकेले अनुरोध गरेको छ ।






