क्होलासोंथर भ्रमण टोली कर्मथलो आइपुग्यो

SHARE:

एटा सम्वाददाता
अल्डरसट । गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथार अध्ययन भ्रमण टोली गतहप्ता कर्मथलो बेलायत आइपुगेको छ ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको नेतृत्व, सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्व, उपाध्यक्ष नन्दजङ्ग गुरुङ र सल्लाहकार तर्कजङ्ग गुरुङको सहसंयोजकत्वमा गत अप्रिल ११ तारिख नेपाल गएको अध्ययन टोली ३ हप्ताको भ्रमणपश्चात् फर्किएको हो । गत अप्रिल १४ देखि पोखराबाट सुरु गरेको गुरुङहरुको पैतृक थलो क्होलासोंथरको भ्रमण लमजुङको घलेगाउँ, भुजुङ र नईबु हँुदै ३ दिनमा क्होलासोंथर पुगेका थिए । २ दिनको अध्ययनपश्चात् कास्कीको सिक्लेस ताङतिङ हँुदै एकहप्तापछि पोखरा फर्केका थिए ।

भ्रमणको क्रममा प्रदेश नम्बर ४ को मादी गाउँपालिका सिक्लेसमा क्होलासोंथरको बारेमा अन्तत्र्रिmया समेत आयोजना गरिएको अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । उनले गुरुङहरुको उद्गम थलो क्होलासोंथारको राष्ट्रियस्तरबाटै संरक्षण तथा सम्वद्र्धन गरिने प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आश्वासन दिएको बताए । त्यस्तै, आपूmले क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा राख्नु पर्ने माग गरिएको जनाए । सो अन्तत्र्रिmयामा उठेका विभिन्न जिज्ञासा समेटिएको २५ बुँदे सिक्लेस घोषणा पत्र जारी भएको छ । ‘हामी अध्ययनका लागि गएका हौं, हाम्रो भ्रमणले पूर्ण सफलता पाएको छ’ उनले भने । भ्रमणको क्रममा विभिन्न व्यक्ति, समूह, गाउँपालिका र संघसंस्थाहरुले आपूmहरुलाई स्वागत गरेको स्मरण गर्दै सबैको साथ र सहयोगले भ्रमणले सफलता पाएको जनाए ।

अध्यक्ष गुरुङले भ्रमणको क्रममा पोखराका विभिन्न संघसंस्थाहरुसँग भेटघाट भएको स्मरण गर्दै आपूmहरुले धादिङको खादिङ्गस्थित हिमालय सरस्वती प्रा.वि.को समेत शिलान्यास गरेर फर्केको जनाए । उनले भूकम्पबाट क्षतिग्रस्त सो विद्यालयको पुनर्निर्माणको जिम्मा तमुधिं युकेले लिएको जानकारी दिँदै करिब ५० लाख रुपैयाँको लागतमा विद्यालय निर्माण हुन लागेको बताए । भौगोलिक रुपमा अत्यन्त विकट गाउँमा अवस्थित सो विद्यालयको गत २५ अप्रिल अर्थात् २०७५ सालको वैशाख १२ गते आपूm र संयोजक सुर्जे (रामचन्द्र) गुरुङले संयुक्त रुपमा शिलान्यास गरेको अध्यक्ष गुरुङले जनाए । उनले पहार ट्रष्ट नेपालसँगको प्राविधिक सहयोगमा निर्माण भइरहेको विद्यालय करिब ६ महिनामा पूरा सक्ने विश्वास व्यक्त गरे ।
भ्रमणको विभिन्न स्थानको अवलोकन गर्दै रमणीय गाउँ घाचोकमा फोटोग्राफर मिलन गुरुङको रोधीं घरको आँगन भाग २ मा रहेको कौरा गीतको छायांकन समेत गरिएको जनाए । त्यस्तै, संयोजक एकेन्द्रको दुईवटा कृति ‘धर्तीमा जुन’ र ‘मनका तरङ्ग’ को पोखरामा विमोचन गरिएको थियो ।

समुन्द्री सतहदेखि ३७८६ मिटरको उचाईमा रहेको ल्होलासोंथरको भ्रमण दलमा बेलायतबाट तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ, प्रमुख सल्लाहकार डा. चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष नन्दजङ्ग गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, सदस्य श्री गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, जुमकाजी गुरुङ, जङ्गबहादुर गुरुङ, नरजङ्ग गुरुङ, तीलबहादुर गुरुङ, केशबहादुर गुरुङ, डा. जीतबहादुर गुरुङ
(यूएनओ), क्या.रि.राजु गुरुङ, फोटोग्राफर मिलन तमु, तर्कजङ्ग गुरुङ, ओमेन्द्र गुरुङ, भीम गुरुङ, हरि गुरुङ, डा. नमरजङ्ग गुरुङ र तारा गुरुङ अमेरिकाबाट गएका थिए ।

त्यस्तै, तमुधिं युकेका सल्लाहकार मेजर लक्षिमप्रसाद गुरुङ, हिमाल गुरुङ, पत्रकार हुम गुरुङ, तमु मैताँका निर्देशक युग गुरुङ, सञ्चालिका पुनम गुरुङ र दीपक गुरुङ नेपालबाटै सो स्थानको भ्रमणका लागि पुगेका थिए । पोर्टर, गाईड र धर्मगुरु ३२ जना गरी जम्मा ६० जना सो स्थानमा पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!