एटा सम्वाददाता
लन्डन । तमु समाज युकेको अध्यक्षमा शिवचन्द्र गुरुङ निर्विरोध चयन भएका छन् । उनी गत ६ मे आइतबार सम्पन्न तमु समाज युकेको पाँचौं महाधिवेशनबाट निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शिवकुमार गुरुङ र कन्यप्रसाद गुरुङ, महासचिवमा हर्कबहादुर गुरुङ, सचिवमा ओमकार गुरुङ, कोषाध्यक्षमा यमबहादुर गुरुङ, सहकोषाध्यक्षमा पूर्ण गुरुङ, संयोजकमा कमलबहादुर गुरुङ (नोर्थहोल्ट), खेलकुद सचिव तथा खाद्य संयोजकमा हरिमान गुरुङ, सुरक्षा अधिकारीमा बुद्धि गुरुङ, ह्यमसायर प्रतिनिधिमा हितमान गुरुङ, रिडिङ प्रतिनिधिमा शुकबहादुर गुरुङ, पब्लिक फन्ड कोओर्डिनेटरमा क्याप्टेन तेसरजङ गुरुङ र रुबिन गुरुङ प्रशासनिक समितिमा चयन भएका छन् । त्यस्तै, टुकबहादुर गुरुङ, खेमबहादुर गुरुङ, दिनेश गुरुङ, पूर्ण घले, चञ्चला गुरुङ, बिन्दु घले, मथुरा गुरुङ, खुसीमान गुरुङ, नरबहादुर गुरुङ, कल्पना गुरुङ र विभा गुरुङ कार्यसमितिको सदस्यमा चयन
भएका छन् ।
तमु समाज युकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि गुरुङ, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ, पूर्वअध्यक्ष शिवशरण, उपाध्यक्ष बिजु गुरुङ, उपाध्यक्ष ले. मिमबहादुर गुरुङ र उपाध्यक्ष शिवचन्द्र गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा सम्पन्न तमु समाज युके ११औं वार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशनमा तमु समाज युके निर्वाचन समिति २०१८ ले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरी तमु समाज युकेको पाँचौ कार्यसमिति चयन गरिएको थियो । निवर्तमान अध्यक्ष शिवशरण गुरुङको अध्यक्षता बनेको निर्वाचन समितिमा सल्लाहकार ले.थमप्रसाद गुरुङ सचिव र सल्लाहकार बाबुराम गुरुङ सदस्य रहेका थिए । दोस्रो चरणको कार्यक्रमलाई निर्वाचन समितिका सचिव ले. थमप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले चौथों कार्यसमितिलाई बिदाइ र नवनिर्वाचित पाँचौं कार्यसमितिलाई बधाई दिएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङले चौंथो कार्यसमितिका साथीहरु र निर्वाचन समितिलगायत सबै उपस्थित महानुभावहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष शिवचन्द्र गुरुङले सबैलाई धन्यवाद दिँदै समाजलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए । समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ अध्यक्षतामा सम्पन्न साधारणसभालाई महासचिव ज्ञान गुरुङले सञ्चालन गरेका थिए ।






