नेपाली चेली इंग्ल्यान्डको महिला यु–१९ राष्ट्रिय टिममा

SHARE:

काठमाडौं । नेपाली मूलकी अस्मिता आले इंग्ल्यान्डको महिला यु–१९ राष्ट्रिय टिममा परेकी छिन् । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाकी १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि इंग्ल्यान्डको युवा टिममा परेकी हुन् । उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी हुन् ।

यसअघि पनि अस्मिताले युइएफए यु-१७ प्रतियोगितामा इंग्ल्यान्डका जर्सीमा खेलिसकेकी छिन् ।

उनले त्यतिबेला इटाली र स्पेनविरुद्ध खेलेकी थिइन्। इंग्ल्यान्डको यु-१७ टिममा रहेर उनले दुई वर्षअघि जापानविरुद्ध मैत्रीपूर्ण खेल समेत खेलेकी थिइन्।

उमेर समूहमा उत्कृष्ट खेलेपछि अस्मिता एस्टन भिल्लाको पहिलो रोजाइमा परेकी थिइन्।

यु-१९ युरो छनोटमा इंग्ल्यान्डले बुधबार साइप्रसविरुद्ध खेलेको थियो। सो खेलमा इंग्ल्यान्ड ८-० ले विजयी भएको थियो। यो खेलमा प्रशिक्षक इमा कोइसले अस्मितालाई मौका भने दिइनन्। अब इंग्ल्यान्डले शनिबार बेलारुस र मंगलबार सर्वियासँग खेल्दैछ।

अवकासप्राप्त गोरखा सेनाकी सन्तान अस्मिता ७ वर्षको उमेरमै इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा भर्ना भएकी थिइन्। हाल उनी एस्टन भिल्लाको पहिलो रोजाइको डिफेन्डरमा पर्छिन्। इंग्ल्यान्डको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दाइले खेलेको देखेर फुटबलमा आकर्षित भएको बताएकी छिन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!