नेपाली ओपन कन्सर्ट जुन ९ मा

SHARE:

बमबहादुर थापा (सूर्यवंशी)
लन्डन । बेलायतवासी नेपालीमाझ सर्वाधिक चर्चामा रहेको नेपाली ओपन कन्सर्ट (नेपाली खुल्ला सांस्कृतिक) कार्यक्रम आगामी जुन ९ तारिखमा हुने भएको छ ।

आयोजक मगर संघ युकेले यस वर्षको नेपाली ओपन कन्सर्ट ९ जुन शनिबार पÞmार्नबोरो च्यारीफिल्ड फुटबल क्लबमा हुने जानकारी दिएको हो । कार्यक्रमका लागि नेपाल आईडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गर्न सफल सागर आले मगर, चर्चित लोकदोहोरी गायिका मिना लामा आउँदै छिन् । सागर छोटो समयमै लोकप्रिय भर्सटाइल गायक बनेका छन् भने मिना लोकदोहोरी मात्र नभइ आधुनिक गायनमा पनि उत्तिकै चर्चा बटुल्न सफल छिन् । त्यस्तै चर्चित लोकदोहारी गायक एवं कौरा गीतका रचनाकार पदम थापा मगर, बेली डान्सरका रुपमा समेत चिनिएकी तनहुँकी लोकदोहोरी गायिका प्रिती आले, गायक विमलराज क्षेत्रीलगायत आमन्त्रित नेपालका ख्याति प्राप्त लोक तथा दोहोरी, आधुनिक र पप कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली ओपन कन्सर्ट जुन ९ को बिहान ११ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यता हुने कार्यक्रममा अन्य विशेष अतिथि, बेलायतवासी नेपाली समुदायका अग्रज, उद्यमी, व्यवसायी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत बेलायतवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहने छ ।

कार्यक्रमको मुख्य संयोजक बमबहादुर थापा (सूर्यवंशी), उपप्रमुख मुख्य संयोजक सीता पुन र मगर संघ युकेका ११ वटा शाखाका अधक्षहरुले संयोजक भूमिका निभाउने छन् । कार्यक्रमबारे जानकारी गराउन शनिबार जुन २ तारिखमा पत्रकार सम्मेलन राखिएको मगर संघ युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!