एनआरएनए युकेद्वारा नयाँ शैलीमा कार्यक्रम आयोजना !

SHARE:

एटा सम्वाददाता –

अल्डरसट । नेपाली समुदाय बेलायतमा हुने प्रायःसबै कार्यक्रमका उद्देश्य, आयोजक र सहभागीहरु फरक–फरक भए तापनि कार्यक्रम गर्ने शैली भने एउटै हुने गर्छ । तर, सधैं एउटै शैलीको कार्यक्रम भइरहने अल्डरसटस्थित एम्पायर हलमा गत शनिबार ३१ मार्च साँझ भने बक्सिङ्ग रिङसहित देखा पर्‍यो ।

एनआरएनए युकेको आपतकालीन कोष स्थापना सहयोगार्थ आयोजित च्यारिटी डिनर कार्यक्रममा एनआरएनए युकेले नयाँ शैलीमा कार्यक्रमको आयोजना गरेको हो । अतिथिलाई स्वागत, सम्मान, खादा, भाषण र आशन गर्ने शैलीभन्दा फरक ढंगले आयोजना गरिएको बक्सिङ्गसहितको च्यारिटी कार्यक्रमबाट सबैले छुट्टै अनुभूति गरे । नेपाल तथा युकेमा हुन सक्ने प्राकृतिक विपत्ति, अन्त्येष्टि वा मरण, मानवीय संकट र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ सो च्यारिटी कार्यक्रमको आयोजना गरिएको थियो ।

जोन राईडर, क्रिस ब्रक, कोनी र अदीप रानालगायत ब्रिटिसका वरिष्ठ बक्सिङ्ग तथा किक बक्सिङ्ग खेलाडीहरुको विशेष उपस्थिति सो कार्यक्रममा ःबष्मकतयलभ न्गपचजब, ऋबmदभचभिथ, च्यकभ ज्ष्िि, प्झबनब क्तष्लन, ऋचयथययल, ऋजभउकतयध, भ्ककभह ग्लष्खभचकष्तथ, द्यचष्नजतयल ज्यखभ, द्यचयबम क्त, एभचअयअपक, ँष्तचयथ ीयमनभ नामक बक्सिङ्ग क्लबका स्थानीय ब्रिटिस खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए । सो अवसरमा उत्कृष्ट खेलाडीहरुलाई सिल्ड समेत प्रदान गरिएको थियो ।

बक्सिङ्ग खेलमा केन्द्रित रहेको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आयोजक र सहभागी सबैलाई धन्यवाद दिँदै आफूले बक्सिङ्गसहितको कार्यक्रमलाई स्थानीय बेलायतीहरुसँग इन्टीग्रेसन गरिरहेको प्रमाणको रुपमा लिएको बताए । साथै, उनले यस्ता कार्यक्रमहरुलाई साथ र सहयोग गर्न सबैलाई आह्वान गरे ।

त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले ‘कार्यक्रम चुनौतीपूर्ण थियो, यसलाई सफल पारीदिनुभयो’ भन्दै महत्वपूर्ण समयका लागि सबैमा आभार व्यक्त गरे । त्यस्तै, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले संयोजक प्रेम गाहा मगरलगायतको टिम, सहभागी खेलाडी र उपस्थित सबैलाई धन्यवाद दिँदै ‘एनआरएनएले वान एनसीसी, वान च्यारिटी गर्ने गर्छ’ भन्दै भुल्न नहुनेमा जोड दिए ।

करिब ४०० जनाको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रेम गाहामगरले कार्यक्रमको समापन गर्दै सबैलाई धन्यवाद दिए । त्यस्तै, महासचिव आरके त्रिपाठीले यस्तो कार्यक्रमले नयाँपुस्ताका नानीबाबुहरुलाई खेलप्रति आकर्षक गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खुकुरी डान्स समेत प्रस्तुत् गरिएको कार्यक्रममा विभिन्न गीतमा सबै सामूहिक नृत्य झुमेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!