गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्छ– मुख्यमन्त्री गुरुङ

SHARE:


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्ने बताएका छन् ।
पहिचानको मुद्धा समेट्न र भाषा संरक्षणका लागि भाषिक मुद्दा उठाईरहेका गुरुङ र मगर समुदायको भाषालाई कामकाजी भाषा बनाउन उनले स्पष्ट पारे । यद्यपि उनले कामकाजीको भाषा हुनका लागि ती भाषाहरुको लिपि, व्याकरण लगायतका पक्षहरु पुरा हुनुपर्ने बताए । संवैधानिक रुपमा प्रदेशमा ३ वटा भाषा राख्न सकिने व्यवास्थाको दृष्टान्त दिँदै मुख्यमन्त्री गुरुङले यसको प्रयोग प्रदेश सरकारले गर्ने आशय व्यक्त गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले दशै, तिहार, छठ र ल्होसार पर्वको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले अन्य समुदायमा यसको बारेमा भ्रम फैलाउने काम भएको गुनासो समेत गरे ।
‘मैलें गुरुङ भाषा, मगर भाषा सिक्नुपर्ने भयो भनेर डराउनु पर्दैन’ उनले भने ‘गुरुङ मगर जान्ने समुदायले सरकारी कार्यलायमा, अदालतमा आफ्नो भाषा बोल्न पाउछन् भन्ने हो अरु केही होइन ।’ मुख्यमन्त्री गुरुङले आर्थिक, भाषिक र समाजिक रुपले असमान समाजमा समानताको अभ्यास पुराउन मुलुक संघीय प्रणालीमा गएको भन्दै यसलाई पुरा गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । समान अवसरले नभई समान अवास्थाको अवसरले मात्र समावेशी विकासको सिद्धान्त पुरा हुने भन्दै उनले कामकाजी भाषाको व्यवास्थाले यसलाई सहयोग हुने विश्वास व्यक्त गरे ।
पmरक प्रसंगमा उनले सरकारले दण्डहिनतालाई प्रश्रय नदिने बताए । ‘सभामुख, पुर्वमन्त्री, सांसदहरुलाई आरोप लागेपछि हामीले छानविनका लागि कुनै रोक लगाका छैनौ, अरु कोही भए रोकिन्थ्यो होला, हिजो व्यवास्थामा पनि यस्तो हुन्थयो होला’ उनले भने ‘तर यो लोकतन्त्र हो हामी लोकतन्त्रको सम्मान गछौ ।’ तर एक दुई जना  आरोपित भएर भरमा अहिले सवै सांसद र नेताहरुलाई मुछ्ने काम मिडियाबाट भैरहेकोमा उनले आपत्ति जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!