अलमलमा एनआरएनए

SHARE:

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन सकिएको छ । चार दिनसम्म काठमाडौंको पाँच तारे होटलमा भएको विश्व सम्मेलनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । तर, एनआरएनएको एजेण्डामा भने पर्याप्त बहस र छलफल भएन । यो सम्मेलन विशेषतः नयाँ कार्यसमिति चयनमा मात्र केन्द्रीत भयो । होहल्लै होहल्लाका बीचमा नयाँ कार्यसमिति चयन गरेर कतिपय आआफ्नो कर्मथलोतर्फ लागिसकेका छन् । कतिपय नेपालमा आफन्त भेटघाट र व्यापार व्यवसाय मिलाउनेतर्फ लागे ।

विश्वसम्मेलन भनेपछि विश्वभर रहेका नेपालीका समस्या र समाधानका लागि घनिभूत रुपमा छलफल हुनुपथ्र्यो । त्यस्तै, गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकताका विषयमा व्यापक छलफल चलाएर अघि बढ्नुपथ्र्यो । भाषणमा मात्र दोहोरो नागरिकताका लागि चर्को स्वरमा भाषण दिनेहरु विश्व सम्मेलनमा भने खास रणनीति बनाएर अघि बढेको देखिएन । त्यसैले पनि यो सम्मेलन एजेण्डामा भन्दा एकादुई व्यक्तिलाई नेता बनाउनमा केन्द्रीत रहेको स्पष्ट भयो ।
अहिले संसदमा नागरिकता विधेयक विचाराधिन छ । एनआरएनएको सरोकारको मुख्य विषय पनि नागरिकता नै हो । नागरिकताका सवालमा व्यापक छलफल कार्यक्रमहरु राखिएको पनि पाइएन् । राजनीतिक दलका नेताहरुसँग सामूहिक रुपमा छलफल गरेर अघि बढेको पनि नदेखिएपछि सम्मेलन रमाइलो गर्ने थलोका रुपमा मात्र केन्द्रीत बनेको स्पष्ट छ । दोहोरो नागरिकताको विषयमा निर्वाचनपछि आउने नेतृत्वले आफ्नो धारणा अघि सार्ने त थियो नै । त्यसअघि पनि महाधिवेसनले मार्गनिर्देशन गर्न सक्नु पर्दथ्यो ।

त्यसो त वैदेशिक रोजगारीमा गएका नेपालीका समस्या, नेपालमा लगानी भित्र्याउन आइपरेका दुःखका विषयमा पनि छलफलका विषय बन्न सक्नु पर्दथ्यो । यी विषय घनिभूत रुपमा छलफलका एजेण्डा बन्न सकेन । घोषणापत्र कुनै कर्मचारीले तयार पारेर जारी गर्नु मात्र सफलता होइन । महाधिवेसनमा साँच्चै व्यापक छलफलपछि जारी गरिएको घोषणापत्र मात्र जीवन्त रहन्छ । त्यसैले पनि त्यसतर्फ सबैको कम ध्यान जानुले पक्कै पनि काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर जस्तो त भएन यो विश्व सम्मेलन ? सबैको मनमा उब्जिएको प्रश्न भएको छ । एनआरएनएले नयाँ नेतृत्व पाएको छ । नयाँ नेतृत्वले अरवौं लगानी भित्र्याउने प्रतिवद्धता पनि जनाइसकेको छ । यो प्रतिवद्धताले नेपालमा केही सञ्चार पनि गरेको छ । तर, जोसैजोसमा गरिएको घोषणाले व्यवहारमा मूर्तरुप लिने हो वा होइन भन्ने प्रश्न भने खडा भएकै छन् । अझ व्यक्तिगत रुपमा ल्याउने लगानीको खास अर्थ रहँदैन । सामूहिक रुपमा मेघा प्रोजेक्टहरुका लागि भित्रने लगानी नै खास महत्व राख्ने लगानी हो । त्यसतर्फ ध्यान जान सक्नुपर्छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा नेपाल सरकारले मनाउने योजना बनाएको छ । त्यसका लागि सरकारले एनआरएनएसित पनि सम्झौता गरेको छ । उनीहरुले आआफ्नो कर्मथलो रहेको देशमा पुगेर पर्यटन वर्षका लागि एक नेपाली, एक विदेशी पर्यटक भित्र्याउने अभियानमा साथ दिन जरुरी छ । त्यसका लागि एनआरएनएले पक्कै पनि कार्ययोजना नै बनाएर अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!