नेविसंघमा विवादले उग्ररुप लिँदै, विधान पक्षधरले दिए आमरण अनशन बस्ने चेतावनी

SHARE:

काठमाडौं । नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विधानविपरित पार्टी नेतृत्वबाट नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास भएको पनि आरोप लगाएका छन् ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो ।’ त्रिपाठीले आफ्नै विधान मिचेर बन्ने केन्द्रिय समितिले साधारण सदस्य कुन नैतिकताका आधारमा बाँड्न सक्छ ? भन्दै प्रश्न समेत तेर्साए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाइ अमान्य रहेको चेतावनी दिए । उनले भने,‘नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्विकार्य हुँदैन् । यो उर्जाशील विद्यार्थीहरुमाथिको अपमान हो ।’

विधान पक्षधर विद्यार्थीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस पार्टीद्वारा गठित निर्देशन समितिले बनाएको विधान, निवर्तमान केन्द्रिय समितिद्वारा जिल्ला अधिवेशन सम्पन्न गर्नको निम्ति ७७ वटै जिल्लाहरुमा दिएको निर्देशन पत्र र नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा भएको ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ भन्ने व्यवस्था बमोजिम १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्ला अधिवेशनउन्मुख रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं ।’

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने पनि उनीहरुको चेतावनी छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!