त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

SHARE:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘बाँस्कोटालाई उपकुलपति नियुक्ति गर्ने निर्णय भयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सोमबार नियुक्ति पत्र बुझेर पदवहाली हुन्छ ।’

बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।

एक नम्बरमा नाम सिफारिस गरिएका डा. भगवान कोइरालालाई काउन्सिल अध्यक्षमा नियुक्ति दिए लगत्तै बाँस्कोटालाई उपकुलपति बनाइएको हो । सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम समेत तीन नम्बरमा उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!