सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाइए

SHARE:

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको कार्यालयमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्त हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को निर्णय भएर सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो ।

पदमुक्त हुनेहरूमा प्रदेश–१ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश–२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश–५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल हुन् ।

यी सबै प्रदेश प्रमुखहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले नियुक्त गरेको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!