प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ‘ठीकठाक’

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नुपरेको छैन ।

उपचारमा संलग्न चिकित्सकहरूले अहिले उनको स्वास्थ्य अवस्था ‘ठीकठाक’ रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले भने । डा. शर्माका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उनले भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!