मन्त्रिमण्डल फेरबदल गर्ने प्रधानमन्त्रीको गृहकार्य

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् । नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।

मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् ।

यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिँदै थप बोल्न चाहेनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् ।

सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गर्ने तथा परिणाम पनि दिन नसकेको भन्दै ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहेका थिए । तर उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेका हुन् । सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!