यी हुन् कांग्रेसले औंल्याएको सरकारका २१ असफलता

SHARE:

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको २१ महिनामा २१ असफलता औंल्याएको छ । ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ भनेरै कांग्रेसले बुँदागत रुपमै सरकारको असफलताबारे टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन अघि कम्युनिस्ट सरकारको असफलता जनताले बुझ्नुपर्ने बताए ।

उनले सरकारलाई सच्चिन दबाब दिनुपर्ने भन्दै यो उपनिर्वाचन मतदाताका लागि अवसर भएको पनि बताए । प्रवक्ता शर्माले मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने दाबी गरे ।

कांग्रेसले भनेको छ, ‘उपनिर्वाचनमा मतदान गर्नुअघि मतदाताले २१ महिनामा सरकारको २१ असफलतालाई गहिरोसँग केलाउन जरुरी छ ।’

भारत सरकारले हालै जारी गरेको नक्सामा नेपाली भूमि समावेश गरेको भन्दै भूमि फिर्ता ल्याउन सरकारलाई कांग्रेसले साथ दिएपनि सार्थक कुटनीतिक र उच्चस्तरीय राजनैतिक पहल गर्न असफल भएको भन्दै ‘राष्ट्रियताको प्रश्नमा असफलता’ भनेर पहिलो बुँदामा उल्लेख गरेको छ ।

१. राष्ट्रियताको प्रश्नमा असफलता
२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता
४. संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल
५. कूटनीतिक मामिलामा अपरिपक्वता
६. विप्लव प्रकरण : असफलताको फरक पाठ
७. शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार
८. मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९. वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०. बूढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात
११. मेलम्ची परियोजनामाथि खेलबाड
१२. निजगढ एयरपोर्टको भविष्य अन्यौल
१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४. सरकारको नियतले असफल संवैधानिक परिषद्
१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण
१६. धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७. गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता
१८. सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको
१९. बालुवाटार काण्डमा लिलाम नैतिकता
२०. कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
२१. असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!