काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिँदै बुधबार काठमाडौं उपत्यका भन्दा बाहिर कार्यक्रम नबनाउन पनि निर्देशन दिएका छन्।
‘कोही पर्नुहोला, कोही नपर्नुहोला। भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु,’ प्रधानमन्त्रीले बैठकमा भनेको भनाई उद्धत गर्दै एक मन्त्रीले भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला।
बैठकमा को–को मन्त्री रहने, को हट्ने भन्नेबारे भने प्रधानमन्त्री ओलीले कुनै जानकारी नदिएको ती मन्त्रीले बताए।
प्रधानमन्त्रीले सम्भवतः बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नेछन् ।






