कास्की- २ मा साझा पार्टी कडा प्रतिस्पर्धी

SHARE:

काठमाडौं। कास्की क्षेत्र नम्बर २ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल यतिबेला तातेको छ। प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनले कास्की क्षेत्र नं. २ यसपटक विशेष चर्चामा छ। यतिबेला विभिन्न राजनैतिक दलहरू आफ्नो पक्षमा भोट माग्न गाउँ गाउँ पुगेका छन्।
यसैबीच कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीले कांग्रेस र कम्युनिष्टसँग आफ्नो कडा प्रतिष्पर्धा हुने दावी गरेको छ। यसबेला साझालीहरु आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्।
उम्मेदवार रजनी के.सी मतदातालाई आफूतिर तान्न हरेक दिन बिहान देखि साँझसम्म टोलटोलमा मतदाता भेट्न पुग्छिन्। खेतमा धान काट्दै गरेका मतदाता हुन् या होटल पसल व्यवसाय गरिरहेका मतदाता सबै सामु पुगेर रजनी गाउँको भोट आफ्नो पक्षमा तान्न जोडबलले लागेकी छिन्। बिहानदेखि रातिसम्म चुनावी सभा, भेला, छलफल लगायतका कार्यक्रम गरिरहेकी छिन्।
साझाले गल्ली गल्ली चोक चोकमा पार्टीको झन्डा, तुल, ब्यानर राखेर प्रचार प्रसार गरिरहेको छ। साझालीहरु अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन्।अरु पार्टीको जस्तो भड्किलो प्रचार शैली यिनीहरुको छैन, मकै भटमास र समोसा खाएरै कार्यकर्ताहरु चुनाव प्रचारमा होमिएको देखिन्छ।
सादा जीवनशैली, तड़क भडक बिनाको प्रचार तथा स्वच्छ छवि भएकोले गर्दा स्थानीय मतदाताहरु पनि साझा पार्टीप्रति अत्यन्तै सकारात्मक भएको र यसपल्ट बिकल्पको रुपमा तराजु नै रोज्ने बताएको साझा पार्टीका एक कार्यकर्ताले बताए।
लोककल्याणकारी राज्य,सेवक सरकार तथा सुशासनको प्रमुख एजेण्डा बोकेको साझा पार्टी केन्द्रले पनि आफूलाई कास्की क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धी मानेको छ। उम्मेदवार रजनीले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेकी छन्। पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकोले पोखरेली मतदाताले विकल्पको खोजी गरिरहेको रजनी बताउँछिन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!