मुकदर्शक सरकार

SHARE:

नेपाल भ्रमण वर्ष २०२० आउन अब करिब एक महिना बाँकी छ । जति नजिकिँदै छ, देशभित्र हल्लाखल्ला पनि बढ्दो छ । कहिले ७० देशका त कहिले ४० देशका प्रतिनिधिहरुलाई भ्रमण वर्षमा निम्तो गरिसकेको प्रचारप्रसार भइरहेको छ । त्यसै गरेर मुलुकमा अहिले हरेक क्षेत्रलाई भ्रमण वर्षसँग गाँसेर बोल्ने र भन्ने चलन पनि बसेको छ ।

भ्रमण वर्षलाई नै लक्षित गरेर नेपाल होटल संघले २० प्रतिशत छुटको घोषणा गरेको छ । त्यसै गरेर होमस्टे एसोसिएसन अफ नेपाल र ट्रेकिङ एजेन्सिज् अफ नेपालले पनि १५ प्रतिशतका दरले छुटको घोषणा गरेको छ । साथै ट्रेकिङ एजेन्सिज् एसोसिएसन्स अफ नेपालले आफ्ना सदस्यहरुले मात्र ८ लाख पर्यटक भित्र्याउनका लागि जोड दिने भनिएको छ ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । त्यसैको लागि भनेर भ्रमण वर्ष सचिवालय स्थापना गरेको छ । सचिवालयको कार्यालयसमेत स्थापना गरेर काम गरिरहेको छ । करोडौं रुपैयाँको बजेट तथा भ्रमण वर्षको लागि पुरै राज्य संयन्त्र लागेको भएपनि भ्रमण वर्षमा पर्यटकलाई राज्यको तर्फबाट के अफर गर्ने भन्ने कुराचाहिँ निक्र्यौंल छैन ।

भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउने, गतवर्ष भन्दा दोब्बर पर्यटक भित्र्याउने भनिसकेपछि सरकारले पनि उनीहरुको लागि केही न केही नयाँ अफर दिनु राम्रो हुन्छ । अझ निजी क्षेत्रले होटल, होमस्टे, ट्रृेकिङ क्षेत्रले आफ्नो गाँस काटेर छुट दिने घोषणा गर्दा पनि सरकार भने अझै मौन छ । केही अघि मात्र नेपाल सरकारले भिषा फी बढाएको थियो । चिनियाँ र अफगानिस्तानबाहेक सार्क मुलुकका पर्यटकलाई यसअघि नै भिषा शुल्क मिनाह गरिसकेको छ । तर भ्रमण वर्षलाई नै लक्षित गरेर सरकारले कुनै किसिमको सहुलीयत दिन सकेको छैन ।

भ्रमण वर्षमा पर्यटकले पनि त्यही अनुसार स्वभाविक रुपमा के कस्ता सुविधाहरु छन् भनेर साध्ने र सोच्ने भइ नै हाल्यो । व्यवसायीहरुका अनुसार पर्यटकहरुले सोधीखोजी सुरु गरेका पनि छन् । कतिपयले भ्रमण वर्षका बेला धेरै मानिस आउने र त्यसले समस्या हुने भन्दै भ्रमण तालिका सारेका समेत छन् । सुविधा केही नथपिने हो भने पर्यटकले भ्रमण वर्ष नै किन छान्ने भन्ने प्रश्न उठ्न सक्छ ।

खासमा सरकारको तर्फबाट दुई खाले काम गर्न सकिन्छ । एउटा भिषा फी, हिमाल आरोहणको रोयल्टी, निषेधित क्षेत्रलाई खुला गर्ने वा फी कम गर्ने, नयाँ हिमाल चुचुराहरु खोल्नेलगायतका जुनसुकै काम भ्रमण वर्षको अवसरमा सरकारले गर्न सक्थ्यो । यसले एकातिर विदेशी सञ्चार माध्यमको ध्यानाकर्षण गर्न सक्थ्यो भने विदेशी पर्यटकहरु माझ सकरात्मक सन्देश जान्थ्यो । तर, सरकारले अझै पनि कुनै किसिमको अफर दिन नसक्दा अभियानमा जुटेका हजारौंलाई अप्ठ्यारो महसुस मात्र भएको छैन, पर्यटकलाई आकर्षितसमेत गर्न सकिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!