ढिस्कोले पुरिए ५ को ज्यान गयो

SHARE:

पोखरा । पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् ।

पोखरा महानगरपालिका-२० का वडाध्यक्ष सीम गुरुङले महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको बताए । ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!