अछाममा युवतीको छाउगोठमै मृत्यु

SHARE:

सुधा गुरुङ
अछाम । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला अछाममा फेरि एक युवतीको छाउगोठमा निधन भएको छ । छाउगोठमा निसासिएर एक २१ वर्षीया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालिका ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको हो ।


घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको र होचो ठाउँमा आगो बालेकाले निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘महिनावारी भएको हिजो ३ दिन भएको रहेछ । सय मिटर टाढाको घरमा बसेको पाइयो,’ भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए । नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला फरेको हो ।’ पार्वतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भइरहेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला छाउगोठमा ज्यान गएको हो । यसअघि २०७४ जेठमा तुर्माखादकी २२ वर्षीया गौरी बुढाको छाउगोठमा निसासिएर र २०७५ मंसिरमा तुर्माखादमै १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भएको थियो । तथ्यांकअनुसार जिल्लाका विभिन्न क्षेत्रमा १४ जना महलिा तथा किशोरीको छाउगोठमा ज्यान गएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!