घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

SHARE:

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

काठमाडौं । यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पुर्‍याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उहाँलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे । नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नास्टले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।

नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो । कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे ।

विसं २०७३ भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको विद्युत्भार कटौती अन्त्य गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!