भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार  

SHARE:

ललितपुर । साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भण्डारीलाई पुरस्कार प्रदान गरे । पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीलाई २०७६ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र सुचनाहरु सरलीकृत रुपमा गत एक वर्षमा छपाई तथा विद्युतीय माध्यम मार्फत जनसाधारणसम्म पुग्ने गरी विज्ञान तथा प्रविधिका सम्वन्धी आलेख, जानकारी एवं समाचार प्रकाशन गरी उत्कृष्ठ योगदान पुर्याए बापत भण्डारीलाई पुरस्कृत गरिएको नास्टले जनाएको छ।

 

पुरस्कृत हुने भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह-सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२  देखि सन् २०१४ सम्म सह-सम्पादक, साइन्स इन्फोटेकमा सन् २०१४ देखि हालसम्म प्रधान-सम्पादकको रुपमा रहेर काम गरेका छन् । भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा  बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति विज्ञान तथा प्रविधि सम्वन्धि लेखहरु र विभिन्न अनलाइनहरुमा लगभग १,००० जति विज्ञान तथा प्रविधि र अन्य बिषयहरुका लेखहरु प्रकाशित छन् ।

भौतिकशास्त्रमा स्नातकोत्तर (एमएस्सी) गरेका भण्डारी अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष पनि हुन् । उनका भौतिकशास्त्र बिषयमा स्नातकोत्तर तहमा ९ वटा, नेपालको संविधानसभा २०७० का सदस्यहरू, नेपालको दोस्रो संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्यहरू, विज्ञानका  जिज्ञासाहरु गरी १२ वटा पुस्तकहरु प्रकाशित छन् । उनी बिभिन्न बौद्धिक, बैज्ञानिक  तथा सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध छन् । भण्डारीलाई यसअघि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याएबापत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हातवाट रु. १५ हजार राशिको पुरस्कारद्वारा पनि पुरस्कृत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!