एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ : ज्ञवाली

SHARE:

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताएका हुन् ।

‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने-समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं।धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।’ बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आंशका व्यक्त गरेका थिए । बैठकमा उनले भने- ‘धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ ।अहिलेको तालले १० वर्षमा पनि बन्दैन ।धरहरा बन्दै बन्दैन । मेरो आपत्ति छ।’

धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ । प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ । समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिए ।

सांसदहरुले धरहरा पुनर्निर्माणलाई सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी पार्न अनुरोध गर्दै समितिले पनि तीन-तीन महिनामा अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । धरहराको तीन तलाको ढलान भइसकेको छ ।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको बताएका थिए । उनहरुले पुनर्निर्माणमा भएको प्रगतिले आशा बढाएको पनि धारणा व्यक्त गरे । ‘सुरुमा व्यवस्थापकीय समस्या देखिएको थियो । पछिल्लो समयमा पुनर्निर्माणले गति लिएको छ । यो सन्तोषजनक छ’-सांसद बडुले भने ।

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले रानीपोखरी बन्नेमा पनि आशंका व्यक्त गरेका थिए । यतिबेला रानीपोखरीको पिँधमा कालोमाटो राखेर इट्टा बिच्छाउने काम भइरहेको छ भने बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकालीन शैलीमा बनाइँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!