१३औँ दक्षिण एसियाली खेलकुद समापन, नेपाललाई ५१ स्वर्ण [सबै देशका पदक संख्यासहित]

SHARE:

काठमाडौँ । १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन ।

१३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए। आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो।भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो।

गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन् । १३औँ सागमा गौरिकाले ४ स्वर्ण र २/२वटा रजत र कांस्य जितिन् ।

नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो। तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ। यस्तै,नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो। भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्यो। श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जित्यो। पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जित्यो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!