तमूधिं यूके आमा समूहद्वारा न्यानो ल्होसार अभियानलाई एक लाख सहयोग

SHARE:

सुधा गुरुङ
पोखरा । गुरुङ भाषाको एकमात्र कार्यक्रम तमु मैं ताँ का संस्थापक, निर्माता निर्देशक युग तमू र उनको टिमले सञ्चालन गरेको न्यानो ल्होसार अभियानलाई तमुधिं यूके आमा समूहले एक लाख एक सय एक रुपैयाँ प्रदान गरेको छ ।

तमु मैं ताँको कार्यालय महेन्द्रपुलमा तमु ल्होसारको अवसर पारी समूहले सो रकम उपलब्ध गराएको हो । सहयोग रकम तमुधिं यूके आमा समूहका महासचिव यशोदा गुरुङ, सल्लाहकारहरु पवित्र गुरुङ, सुधा गुरुङ, शोभा गुरुङ र शान्ति गुरुङले निर्माता निर्देशक तमूलाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम तमुधिं यूके आमा समूह अध्यक्ष जगतमाया तमूस्यो र महासचिव यशोदा तमूस्योको संयोजकत्वमा तमुधिं यूके वार्षिक आजीवन सदस्य रात्रिभोज राफल ड्र र ३० जना आमा समूह दिदीबहिनीहरुबाट संकलन गरिएको थियो ।

ल्होसारका अवसरमा गुरुङ समुदाय विशेष भोजभतेर र मोजमस्तीमै रमाइरहेको अवस्थामा युग तमुले नौलो अवधारणा ल्याई सेकेन्ड ह्यान्ड कपडा लत्ता संकलन गरी समाजका गरिब तथा विपन्न समुदाय (बिशेष चेपाङ जाति) मा वितरण गरी तीनको मुहारमा खुसी ल्याउने जमर्को गरेका छन् । उनको अभियान विगत दुई वर्षदेखि जारी छ । साथै उनको सत्कार्यमा तमुधिं यूके आमा समूहले पनि यसपटक हातेमालो गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गरेको छ ।

गत वर्षदेखि उनको अभियानमा कालाबाङ्ग घरेटी तमु समाज पोखरा र भुम्दीकोट तमू समाज पोखरा पनि जोडिएका थिए । यसपटक पनि भुम्दीकोट तमू समाजका अलावा मिलिजुली तमू समाज काठमाडौं र च्यूलीपाचे (सिकलिस) तमु समाज आमा समूह पनि जोडिएको जानकारी युग तमूले दिए ।
ल्होसारको पूर्वसन्ध्यामा मिलिजुली तमु समाजले आगामी यही पुस ५ गते धादिङका चेपाङ समूदायमा पुनः प्रयोग गर्न मिल्ने कपडा लत्ता र पौस्टिक आहार, मैं ताँ टीमले गोर्खाको विकट गाउँ ढाडें र घ्याल्चोकमा लत्ताकपडा, नयाँ कम्बल र भुम्दीकोट तमू समाजले धादिङको विकट गाउँ रोराङ्ग गाउँपालिकाका ८०देखि १०० घरधुरीका चेपाङ र तामाङ परिवारलाई कपडा र नयाँ कम्बल वितरण गर्ने बताए ।
साथै रोराङ गाउँको प्राथमिक स्कुलका एक सय सात विद्यार्थीलाई नयाँ स्वेटर वितरण गरिने पनि उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!