एटा संवाददाता
लन्डन । एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ केन्द्रीय अनुशासन समिति सदस्यमा चयन भएका छन् । त्यस्तै, एनआरएनए यूकेका पूर्वमहासचिव रामशरण सिम्खडा एनआरएनए आईसीसी सदस्य तथा पोलिसी एण्ड प्रोसिड्यूर समितिको संयोजकमा चयन भएका छन् भने एनआरएनए यूकेका पूर्वमहासचिव भक्त गुरुङ एनआरएनए आईसीसी सदस्यमा चयन भएका छन् ।

त्यस्तै, बेलायतबाट कर्ण शाही, चन्द्र गुरुङ, विनोद ज्ञवाली, चिरन शर्मा, रणबहादुर केसी विजन भट्ट केन्द्रीय मानार्थ परिषद्को सदस्य पदमा छनोटमा परेका छन् । उनीहरुलाई गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को बैठकले चयन गरेको हो ।
यसैबीच एनआरएनए यूकेले एक विज्ञप्तिमार्फत बेलायतबाट आईसीसीका विभिन्न पदमा चयन भएका ९ जनालाई बधाई तथा शुभकामना दिएका छन् । सो विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघ बेलायत तपाईहरुसँगको सहकार्यले थप सबल र सक्षम बन्ने विश्वास लिएका छौं । सदाझैं यहाँहरुको सल्लाह सुझाव र सहयोगको अपेक्षा गर्दछौं’ भनिएको छ ।
स्मरण रहोस् गत अक्टोबरमा सम्पन्न विश्व सम्मेलनले बेलायतका डा. हेमराज शर्मा आईसीसी महासचिवमा र कृष्ण तिमिल्सेना एनआरएनए युरोप क्षेत्रको उपसंयोजकमा निर्वाचित भएका थिए ।






