निवर्तमान सभामुख महरालाई पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश

SHARE:

काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले बिहीबार जिल्ला अदालत काठमाण्डौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको अदालतका रजिस्ट्रार बाबुराम दाहालले बताए।

‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाण्डौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालत काठमाण्डौंका एक नम्बर न्यायाधीश सुदर्शन पाण्डेको आदेशपछि महरा डिल्लीबजार कारागारमा छन्। आफूलाई कानूनी आधारविना पुर्पक्ष धुनामा पठाएको भन्दै महराले फेरी आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिने बाटो खुला छ। बलात्कारको प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाण्डौंमा विचाराधिन छ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको आरोपमा गत असोज १७ गते राति उनले फोनबाट प्रहरीमा उजुरी दिएकी थिइन। उजुरीका आधारमा प्रहरीले उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। महरामाथि साढे ७ वर्ष कैदको माग दाबी थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!