के के छन् मन्त्रिपरिषद्का निर्णय ?

SHARE:

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो ।

घिमरेलाई सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै, सरकारले सरकारी,सार्वजनिक,गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गठन गरेको सीआईबीको छानबिन समितिको म्याद पुस २८ गतेसम्मका लागि थपे गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी,महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले सेनाका महासेनानी दिप सिं र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा पनि स्वीकृत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!